Logo

भारतको अयोध्यामा राम मन्दिर शिलान्यास, नेपालमा दीप प्रज्वलन र जय–जयकार



मुकुन्द कालिकोटे : श्रावण २२, काठमाडौं । भारतको अयोध्यामा राम मन्दिर शिलान्यासका लागि भूमि पूजन भएको खुशियालीमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दिपावली सम्पन्न गरिएको छ । बुधबार साँझ विश्व हिन्दू परिषद् नेपालले पशुपतिनाथक्षेत्रस्थित शंकराचार्य मठ अगाडि दीप प्रज्वलन कार्यक्रम समपन्न गरेको हो। दीप प्रज्वलन कार्यक्रममा भगवान रामको जयजयकार गरिएको थियो ।

काठमाण्डौको विभिन्न १५ स्थानमा यो कार्यक्रम विश्व हिन्दू परिषद नेपालद्वारा देश भरिमा ३ हजार स्थानमा कार्यकर्ताद्वारा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रमका सन्त केशवाचार्य, जनकपुरधाम जानकी मन्दिरका राम रोशन दास, विश्व हिन्दू परिषद नेपालका उपाध्यक्ष उद्धव घिमिरे, महासचिव जितेन्द्र सिंह, सङ्गठनका  सचिव प्रल्हाद कुमार, केन्द्रिय सदस्य लिलाराज उप्रेती र हिन्दू स्वयंसेवक संघ विचार परिवारका विभिन्न कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा परिषद्का कार्यकर्ता, धार्मिक सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तकलगायत उल्लेख्य संख्यामा उपस्थित रहेको थियो ।  परिषद्ले राममन्दिर शिलान्यासको खुशियालीमा उपस्थित सबैलाई लड्डु वितरण गरेको थियो । परिषद्ले देशैभरी आफ्ना शाखाहरु तथा अन्य धार्मिकसंस्थाहरुसँग समन्वय गरी दिप प्रज्वलन तथा भजन किर्तन कार्यक्रम आयोजना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्