Logo

कारोबारको दोस्रो दिन नेप्से ३७.७० अंकले बढ्यो



काठमाडौं, १९ माघ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) कारोबार भएको दोस्रो दिन उकालो लागेको छ । आज नेप्सेमा हरियाली छाएको छ । हिजो नेप्से ५४.७५ अंकले ओरालो लागेको थियो ।

आज नेप्से ३७.७० अंकले बृद्धि भई २४०८.२४ विन्दुमा पुगेको छ । आज करिब ७ अर्बको कारोबार भएको नेप्सेले जनाएको छ । आज कारोबार भएका कुल १२ उपसमुह मध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्ड भने बढेको देखिएको छैन् । अरु १० कम्पनीका शेयर मुल्यमा उच्च बृद्धि भएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्