Logo

कामना सेवा बैंकको ऋणपत्र माघ २२ गतेबाट निष्कासन हुँदै



काठमाडौं, १९ माघ । कामना सेवा विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले माघ २२ गते खुल्ला गर्ने १ हजार प्रति ऋणपत्रका दरले १० लाख कित्ता निष्कासन गर्ने भएको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रमा आवेदकहरुले न्युनतम २५ कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

जम्मा १० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट र बाकी ४ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनबाट बिक्रि गरिने बैंकले जनाएको छ । कम्पनीले ऋणपत्रको विक्रि तथा प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आजबाट ऋणपत्रमा माघ २६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग अनुसार आवेदन नआएमा फागुन ६ गतेसम्म समय थप गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्