Logo

मंगलबार ६५.४९ अंकसहित शेयर बजार उच्च विन्दुमा



काठमाडौं, २० माघ । साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ रेकर्ड राखेको छ । आइतबार ५४.७५ अंकले घटेको नेप्से सोमबार ३७.७० अंकले बृद्धि भएको थियो ।

आज नेप्से ६५.४९ अंकले बृद्धि भई २४७३.७४ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो । आज ८ अर्ब ४६ करोड ५४ लाख ५ हजार ७ सय ३३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका समुह मध्ये ११ उपसमुहका २० भन्दा धेरै कम्पनीको शेयर मुल्यमा उच्च बृद्धि भएको छ । भने होटलको शेयरमुल्य घटेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्