Logo

ग्रहहरुको नाम यसरी राखियो



सौर्यप्रणालीमा रहेका पृथ्वी बाहेक अन्य सबै ग्रहहरु ग्रीक वा रोमन पौराणिक कथाअनुसार नामाकरण गरिएको छ । वृहस्पति, शनि, मंगल, शुक्र र बुध ग्रहहरुलाई हजारौँ वर्ष पहिले नाम दिइएको थियो भने अरुण र वरुण ग्रहलाई पनि त्यसको केही समयपछि ग्रीकको परम्पराअनुसार नै नामाकरण गरिएको थियो । ग्रीकको परम्परा र रोमन पौराणिक कथाअनुसार यी ग्रहहरुको यसरि नामाकरण गरिएको छ:

बुध : बुधलाई वाणिज्य र यात्राका भगवान भनिन्छ किनभने यसले ५० कि.मि प्रतिसेकेण्डको द्रुतगतिले सूर्यको परिक्रमा गर्छ ।
शुक्र: शुक्रलाई प्रेम र सुन्दरताका भगवान भनिन्छ । यो आकाशमा सुन्दर देखिन्छ ।
पृथ्वी: पृथ्वीलाई अंग्रजी वा जर्मनमा नामाकरण गरिएको छ । त्यसको अर्थ जमिन हुन्छ ।
मंगल: मंगललाई युद्धका भगवान भनिन्छ किनभने यो रगत जस्तो रातो रंगमा छ ।
वृहस्पति: वृहस्पतिलाई रोमन भगवानका राजा भनिन्छ किनभने यो हाम्रो सौर्य प्रणालीकै सबैभन्दा ठुलो ग्रह हो ।
शनि: शनिलाई कृषि र धनका भगवान भनिन्छ ।
अरुण: अरुणलाई स्वर्गको पुरातन ग्रीक देवता र प्रारम्भिक सर्वोच्च देवता भनिन्छ । यसको आकाश निलो रंगको छ ।
वरुण: वरुणलाई समुन्द्रका भगवान भनिन्छ किनभने यो निलो रंगमा सुन्दर देखिन्छ । एजेन्सीको आधारमा



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम