Logo

छिमेक लघुवित्तको खुद ब्याज आम्दानी घट्यो



काठमाडौं, २० माघ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको विवरण अनुसार खुद ब्याज आम्दानीमा घटेको छ । आज सार्वजनिक गरेको बित्तीय विवरण अनुसार ब्याज आम्दानी कमी भएपनि खुद नाफा भने बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको उक्त अवधिको तुलनामा १३ करोड ३८ लाख रुपैयाँले धेरै हो । गत वर्ष कम्पनीले ४८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

फि कमिशन तथा डिस्काउन्ट आम्दानी बृद्धि भएकोले र खराब कर्जा उठाउन सफल भएकोले खुद ब्याज आम्दानी कमी भएपनि लघुवित्तको खुद नाफामा बृद्धि भएको हो । लघुवित्तले २ अर्ब ६१ करोड रुपैयाँ जगेडा कोषमा सुरक्षित राखेको छ । पुस मसान्तसम्ममा लघुवित्तको चुक्तापुँजी १ अर्ब ८३ करोड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्