Logo

रिडि हाइड्रोको २ करोड १९ लाख मुनाफा



काठमाडौं, २० माघ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ९३ लाख ८१ हजार रुयैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको उक्त अवधिको तुलनामा ११.६६ प्रतिशतले कम हो ।

अघिल्लो वर्ष सोही समयमा २ करोड १९ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो वर्षमा कम्पनीले विद्युत बिक्रिबाट ३ करोड ९ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ५.४२ प्रतिशतले बढी हो । ५५.९० प्रतिशत भन्दा धेरै ३ करोड ७५ लाख ८५ हजार संचालनबाट कम्पनीले आम्दानी गरेको छ । गएको वर्ष २४ लाख ८१ हजार रुपैयाँ अन्य संचालन खर्च भएकोमा यो ६ महिनामा १ करोड ५३ लाख १६ हजार रुपैयाँ भएको छ ।

विद्युत बिक्रि आम्दानी र संचालन नाफा बृद्धि भएको हाइड्रोको यो वर्ष संचालन खर्च बढेकोले नाफामा कमी आएको हो । ५८ करोड ५५ लाख ५८ हजार चुक्तापुँजी रहेको यस हाइड्रोको २ करोड ४ लाख २३ हजार रुपैयाँ जगेडा कोषमा सुरक्षित राखेको छ । ६.६२ प्रतिशेयर आम्दानी रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.४९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्