Logo

नदी नियन्त्रणमा बजेट अभावः बाढीको क्षति दोब्बर



झापा, २१ माघ । नदी नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसक्दा झापाका मुख्य चार नदीको बाढीले आउँदो बर्खायाममा पु¥याउने क्षति विगतको तुलनामा दोब्बर हुनसक्ने अनुमान गरिएको छ । यहाँका कनकाई, रतुवा, मावा र विरिङ नदीले गत बर्खामा ६८९ घरधुरीलाई प्रभावित तुल्याएको थियो । खेतीका लागि उर्वर मानिएको जग्गामध्ये ३५० बिघा कटान र ७१० बिघा डुबान गरेको जनताको तटबन्ध कार्यक्रम झापाले जनाएको छ । सो बाढीबाट चार हजार २० जना प्रभावित भएका थिए ।

आउँदो वर्षा याममा बाढीमा जग्गाको कटान दोब्बरभन्दा बढी हुने र प्रभावित घरधुरी र जनसङ्ख्या अझ बढ्ने जनताको तटबन्ध कार्यक्रमले गरेको पूर्वानुमान अध्ययनले देखाएको छ । कार्यक्रमका प्रमुख रुपनारायण अधिकारीका अनुसार नदी नियन्त्रण कार्य नगरिएमा आउँदो बर्खामा बाढीले झापाका एक हजार ९६५ घरधुरीका १० हजार ६९५ व्यक्तिलाई प्रभावित पार्ने अनुमान गरिएको छ । सो कार्यालयको अध्ययनले आउँदो वर्षा याममा बाढी कनकाई, विरिङ, रतुवा र मावा नदीले पाँच हजार १०५ बिघा उर्वर जग्गामा कटान र डुबान गरेर क्षति पु¥याउने प्रक्षेपण गरेको छ ।

नियन्त्रणका लागि रु ४० करोड आवश्यक

झापाका मुख्य चार नदीको बाढीले उर्वर जग्गामा क्षति पु¥याएर किसानको उठिबास लगाउँदै आएको छ । विगतमा नियन्त्रणका प्रयास भए तापनि कोभिड–१९ को महामारीपछि सरकारले धेरै बजेट दिन नसक्दा नदी नियन्त्रणको कार्यमा असर परेको देखिन्छ ।

जनताको तटबन्ध कार्यक्रमका प्रमुख अधिकारीका अनुसार तत्काल नदी नियन्त्रणका लागि रु ४० करोड थप बजेट आवश्यक पर्दछ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले रु २० करोड बजेट दिएको थियो । सो बजेटको ९० प्रतिशत काम भइसकेको छ ।

नदीको दुबै किनारमा भरपर्दो तटबन्ध गर्ने हो भने नदीले क्षति पु¥याउन सक्दैन । कतिपय ठाउँमा जैविक प्रविधि प्रयोग गरी बाँस, घाँस जस्ता वनस्पत हुर्काएरसमेत बाढी नियन्त्रणको प्रयास हुँदै आएको छ । तारजालीमा ढुङ्गा भरेर गरिने तटबन्धन सबैभन्दा बढी प्रचलनमा रहेको छ ।

झापामा नदी नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले एकीकृत परियोजना ल्याउने हो भने प्रभावकारी हुने देखिन्छ । सीमित बजेटले विगतमा गरिएका नियन्त्रणका प्रयास सबै अधुरा छन् । रासस

 



प्रतिक्रिया दिनुहोस्