Logo

आज नेप्से ६.८१ अंकले ओरालो लाग्यो, साँढे ९ अर्बको कारोबार



काठमाडौं, २१ माघ । कारोबारको चौथो दिन आज नेप्से ६.८१ अंकले ओरोलो लागेर २४६६.९२ विन्दुमा पुगेको छ । आज नेप्से तल झरेपनि कारोबार भने उच्च नै भएको छ ।

आज नेप्से सुचकमा २०२ कम्पनीका ९१ हजार ५ सय ५९ पटक भएका कारोबारमा ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ रुपैयाँ बराबरको २ करोड २० लाख ४० हजार ५ सय १६ कित्ता शेयर खरिदबिक्रि भएको छ ।

बुधबार कारोबार भएका १२ समुहमध्ये ४ ओटा समुहका मात्र शेयरमुल्य वृद्धि भएको छ । अन्य ८ ओटा समुह घटेका छन् । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको ९.९८ प्रतिशत र महुली लघुवित्तको ९.८१ प्रतिशतले बढेको हो ।

पोखरा फाइनान्स लिमिटेडको ७.८८ प्रतिशत, नारायणी डेभलपमेन्ट बैकको ४.३९ प्रतिशत र मल्टी प्रर्पस फाइनान्स कम्पनीको ३.८६ प्रतिशतले लगायतका धेरै कम्पनीको शेयरमुल्य घटेको छ ।



प्रतिक्रिया दिनुहोस्