Logo

साताको अन्तिम दिन साढे ७ अर्बको कारोबार, ८.३४ अंकले बढ्यो नेप्से



काठमाडौं, २२ माघ । साताको अन्तिम दिन आज ८.३४ अंकले बृद्धि भएको छ । बुधबार ६.८१ अंकले बढेको नेप्से आज सामान्य बृद्धि भएको हो । आज ८.३४ अंकले बढेर २४७५.२६ विन्दु्मा पुगेको छ ।

आज नेप्से सुचक २०१ कम्पनीका ७२ हजार १ सय ७०९ पटक भएको कारोबारमा ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँ बराबरको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

आज कारोबार भएका १२ समुह मध्ये ६ वटा समुह बढेका छन् भने ६ वटा समुह घटेका छन् । कारोबार भएका १५ कम्पनीका शेयरमुल्य उच्च बृद्धि भएको छ । उनीहरुको शेयर ९ प्रतिशतले बृद्धि भएको छ ।

आज कारोबार भएका मध्ये सबैभन्दा धेरै सुर्योदया लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, सुमित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको शेयर ९.९९ प्रतिशतले बृद्धि भएको छ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको ९.९९ प्रतिशतले शेयर मुल्य बृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्