Logo

आँधिखोला लघुवित्तको मुनाफा १ करोड ८० लाख



काठमाडौं, २३ माघ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पुस मसान्तसम्मको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार १ करोड ८० लाख नाफा आर्जन गरेको छ । आज लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको दोस्रो मसान्तसम्ममा कम्पनीले १०३ प्रतिशत नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा ८८ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवमा खुद ब्याज आम्दानी र संचालन नाफामा बृद्धि भएकोले नाफा बढेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

५ करोड ८७ लाख रुपैयाँ कम्पनीले जगेडा कोषमा सुरक्षित राखेको छ भने १० करोड रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ । ५९ लाख ७ हजार खराब कर्जा उठाउन चालु आवमा कम्पनी सफल भएको छ । कम्पनीको मुल्य आम्दानी अनुपात १२.०४ प्रतिशत, तरलता अनुपात ५.७० प्रतिशत, प्रतिशेयर आम्दानी ३६.०४ प्रतिशत र नेटवर्थ १५८.७३ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्