काठमाडौं, १ चैत्र । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी, नेपालका नेताहरुसँग छलफल तथा सम्वाद भैरहेको स्पष्ट पारेका छन् । तर, आफूले जसपालाई सरकारको नेतृत्व गर्न भनेर कहिल्यैपनि प्रस्ताव नराखेको र नगरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका छन् ।
उनले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन आफूले कुनै प्रस्ताव नराखेको स्पष्ट पारेका छन् । उनले जनादेश त आफ्नो पार्टीले नै सरकारको नेतृत्व गर्नुपर्ने रहेको बताए । तर, केही केही नेताहरु प्रधानमन्त्री खाईदिनुपर्यो भनेर किस्तीमा राखेर प्रधानमन्त्रीको अफर गर्दै हिँडिरहेको भन्दै माधव नेपाल र प्रचण्डप्रति व्यंग्य कसे । उनले भने,”उहाँहरुले गुलाफको फूल घुँडा टेकेर प्रेम प्रस्ताव राखेझैं गर्नुभएको छ, तर अर्कोले स्विकार गर्नुपर्यो नि ।” उनले सरकारको नेतृत्व गर्ने हकवालाको हक खास्ने काम कसैले पनि गर्न नहुने बताए ।




प्रतिक्रिया