Logo

गण्डकी प्रदेश सरकार धरापमा, सरकार जोगाउन मुख्यमन्त्री काठमाडौंमा



काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि गण्डकी प्रदेश सरकार धरापमा परेको छ । आज भोलि नै माओवादी केन्द्र र जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् ।

गण्डकी प्रदेश सरकार जोगाउनको लागि राष्टिय जनमोर्चा नेपाल निर्णायक शक्ति बनेको छ । तर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएपछि अहिले मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ तनाबमा छन् । उनी सरकार जोगाउनको लागि कांग्रेसको साथ खोज्दै काठमाडौं आएका छन् ।

गण्डकी प्रदेश सभामा ६० जना सदस्यहरु छन् । जसमध्ये २७ जना सांसद नेकपा (एमाले) को छन् । एमालेलाई आफ्नो नेतृत्वको सरकार जोगाउनको लागि थप तीन सांसदको आवश्यकत्ता छ । अहिले एमालेलाई स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ । जनमोर्चासँग पनि तीन जना सांसद छन् ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका १५ जना सांसद छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का १२ जना र जनता समाजवादी पार्टी, नेपालका २ जना सांसद छन् । एमालेबाहेकको सरकार बन्नको लागि कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपा चार वटै दल मिल्नुपर्छ । पछिल्लो समय एमालेबाहेकको सरकार बनाउनको लागि यी चार दलले वार्ता तथा छलफलसमेत अघि बढाएका छन् । File Photo/ReportesNepal



प्रतिक्रिया दिनुहोस्