चीनद्वारा नेटोको ‘प्रणालीगत चुनौति’ को दावीलाई अस्वीकार


१ असार: चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा बेइजिङले ‘प्रणालीगत चुनौतीहरू’ प्रस्तुत गर्दै आएको भन्ने दावीलाई खण्डन गरेको छ ।नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा ‘शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता’ रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

यूरोपेली यूनियन (ईयू) का लागि चिनियाँ नियोगका प्रवक्ताले एक विज्ञप्तिमार्फत् भने, “चीन प्रतिरक्षा नीतिप्रति प्रतिबद्ध छ जुन ‘प्राकृतिक प्रतिरक्षा हो’ र चीनको रक्षा र सैनिक आधुनिकीकरणको कार्य ‘न्यायसङ्गत, उचित, खुला र पारदर्शी’ रहेको छ ।”

सन् २०१९ पछि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को पहिलो बैठकमा चीन छलफलको केन्द्रबिन्दु थियो । सोमबार जारी विज्ञप्तिमा नेटो नेताहरूले चीनको ‘अडान’बारे चासो व्यक्त गर्दै ‘बेइजिङको जबरजस्त नीति’प्रति चिन्ता व्यक्त गरेका साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ ।

युरोपेली र उत्तर अमेरिकी ३० देशहरुको नेटो गठबन्धनले चीनले ‘प्रणालीगत चुनौती’ पेश गरेको र बेइजिङले सिर्जना गरेको प्रभाबको प्रतिरोध गर्ने प्रतिवद्धता जनाएका छन् ।

शिखर सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भने, “चीनले ‘धेरै हतियारहरू र अत्याधुनिक परिष्कृत, प्रक्षेपण प्रणालीको साथ आफ्नो परमाणु शस्त्रागार द्रुत रूपमा विस्तार गरिरहेको छ साथै रूससँगको सैन्य सहकार्य बढाएको छ’ भन्ने पुष्टि भएको छ ।

“नेटो नेताहरूले चीनसँग उसको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई समर्थन गर्न, अन्तरिक्ष प्रणाली, साइबर र समुद्रिक क्षेत्रलगायतका अन्तर्राष्ट्रिय प्रणालीमा जिम्मेवार भई कार्य गर्नका लागि प्रमुख शक्तिको रूपमा आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेका छन्,” स्टोल्टनबर्गले भने। साउथ चाइना मर्निङ पोस्टका अनुसार ७९ बुँदे कथनमा तीन अनुच्छेद र १० लाई चीनप्रति समर्पित गरिएको छ ।

नेटोका महासचिव स्टोल्टनबर्गको टिप्पणीप्रति प्रतिक्रिया व्यक्त गर्दै चीनले कुनै पनि बेला र कुनै पनि परिस्थितिमा आणविक हतियारहरूको प्रयोग नगरेको पहिलो सिद्धान्तको पालना गर्दछ र गैर आणविक हतियार नभएका राष्ट्रहरूलाई आणविक हतियार मुक्त क्षेत्र घोषणा गर्दै उनीहरूविरूद्ध आणविक हतियारको प्रयोग गर्ने वा धम्की नदिने बताएको छ ।

“म यो प्रश्न सोध्न चाहन्छु कि ‘शान्ति, सुरक्षा र स्थायित्व’को लागी प्रयास गरिरहेका नेटो र त्यसका सदस्य राष्ट्रहरुले पनि के चीन जत्तिकै प्रतिबद्धता व्यक्त गर्न सक्छन् भनी नियोगका प्रवक्ताले प्रतिप्रश्न गरेका छन् ।-एएनआई/Photo: Agency

Skip This

Omoda E5 Pro