बागमती । हेटौँडाको राप्ती तटमा आज हजारौँ भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका छन्। हेटौँडास्थित राप्ती नदी किनारको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा पुगी भक्तजनले अर्घ चढाएका हुन्।
राप्ती तटमा आयोजित छठ विशेष कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित विभिन्न उच्चपदस्थ सरकारी कर्मचारी, राजनीतक दलका नेता, जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रजिअ अधिकारीले छठ नेपालीहरूको मौलिक संस्कृतिमा आधारित पर्व भएको बताए। छठलाई लक्षित गरी सबै किसिमको सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।
छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताका अनुसार छठलाई लक्षित गरी करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा विभिन्न संरचना निर्माण गरिएको छ।
नदी किनारमा सात फिटको पण्डालसहित भक्तजनका लागि आवश्यक संरचना तयार गरिएको उहाँले बताउनुभयो । हेटौँडामा पछिल्लो २० वर्षयता छठ पूजाप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उनले उल्लेख गरे।




प्रतिक्रिया