लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


रुपन्देही, ९ असार: लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।

आज बैठक शरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । सूचनामा अर्को बैठक यही असार असार २७ आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ ।-रासस/File Photo