Logo

तस्विरमा हेर्नुहोस ओली-नेपाल भेटवार्ता



काठमाडौं, २३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सकारात्मक छलफल भएको छ । काठमाडौंको होटल म्यारियटमा भएको भेटवार्ता सकारात्मक भएको भेटमा सहभागी नेताहरुले दाबी गरेका छन् ।

पार्टीभित्रको विवाद हल गर्नको लागि दुवै नेता सहमत भएका हुन् । विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले सहमतिको मस्यौदा तयारी पारिसकेका छन् । तर, पावर सेयरिङमा कुरा नमिल्दा आज मस्यौदामा सहमति हुन नसकेको जनाईएको छ । कार्यदलको बैठक भोलि फेरि बस्ने भीम रावलले जानकारी दिए । तस्विर : राजन काफ्ले प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्