राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन हुन्छः प्रचण्ड


काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन हुने खुलासा गरेका छन् । उनले गठबन्धन सरकारले संयन्त्र बनाएर सरकार सञ्चालनको तयारी गरेको खुलाएका हुन् ।

प्राइम टाइम्स टेलिभिजनका लागि ऋषि धमलासँग अन्तवार्ताका क्रममा प्रचण्डले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर सरकार सञ्चालन हुन्छ ।’ उनले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल खेमा, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकजुट भई सरकार सञ्चालन गरिने बताए ।

प्रचण्डले माधव नेपालले गठबन्धन नछाडेको दाबी समेत गरे । मिलेर जाने सहमति बनेकोले कसैले नछाड्ने समेत बताए । अर्को चुनावसम्म गठबन्धन रहने उनको दाबी थियो ।

सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधि सभा पुनःस्थापना भई संविधान ट्रयाकमा आएको बताए । उनले अदालतको फैसलाको स्वागत गरे ।

Skip This

Omoda E5 Pro