आज कहाँ-कहाँ बर्षा?


काठमाडौं, भदौ ३१ । मौसमवीद्हरूले बिहीबार पनि देशभर हल्का वर्षा बदलीको सम्भावना कायम रहेको बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।

साथै अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।

यसैगरी शु्क्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको जनाइएको छ। मौसमविद्का अनुसार योवर्ष वर्षायाममा औसतभन्दा बढी वर्षा भएको रेकर्ड छ।

Skip This