चीनलाई चेतावनी दिदैँ ताइवानकी राष्ट्रपतिले भनिन्–‘हामी बेइजिङको दबाबमा झुक्ने छैनौँ’


एजेन्सी, २४ असोज। ताइवानकी राष्ट्रपति साई इङ्ग विनले चिनियाँ दबाबको अगाडि नझुक्ने बताएकी छिन् । ताइवानले आफ्नो प्रजातान्त्रिक प्रद्दती नछाड्ने समेत उनले स्पष्ट पारिन् ।

चीनका राष्ट्रपति सि जीन फिङले ताइवानसित पुनः एकीकरण गर्न विश्वास व्यक्त गरेपछि ताइवानको राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपतिले चिनियाँ दबाबको अगाडि नझुक्ने स्पष्ट पारेकी छिन् ।

उनले भनेको विषयलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘जति आमी अगाडि बढ्छौ, त्यती नै चीनले हामीलाई दबाउन चाहन्छ ।’ ताइवान आँफै एक सार्वभौत राज्य हो । तर, पनि चीनले यसलाई आफ्नो प्रान्तको रुपमा प्रयोग गरिरहेको उनले गुनासो पोखिन् ।

आफ्नो देशलाई चीनमा मिलाउने प्रयास नगर्न चेतावनी दिएकी छिन् । चीनले ताइवानलाई आफ्नो देशमा मिलाउन कुनै प्रयास गरे त्यसको कडा कठोर मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ।ताइवानका राष्ट्रपति साइले वर्षौँ पहिले नै ताइवानले आफ्नो भविष्य तय गरेकाले चीनको कुनै पनि दबाबमा नझुक्ने बताएकी छिन् । उनले आफ्नो सुरक्षाका लागि ताइवान कुनै पनि हालतमा पछि नहट्ने बताएकी छिन् । उनले ताइवानले आफ्नो नीति नियममा कुनै फेरबदल नगर्ने पनि स्पष्ट पारेकी छिन् ।-Photo: Agency

Skip This

Omoda E5 Pro