चीनको विपक्षमा बोल्न मोदी डराउँछन्ः ओवैसी


एजेन्सी, २ कात्तिक । अखिल भारतीय मजलिस–ए–इत्तेहादुल मुस्लिमिनका अध्यक्ष असदुद्दीन ओवैसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् । पाकिस्तानको विपक्षमा बोल्न अग्रसर रहेपनि चीनको विपक्षमा बोल्न मोदी डराउने गरेको उनले टिप्पणी गरेका हुन् ।

मोदी तत्काल पेट्रोलियम पदार्थको मूल्य वुद्वि र चीनविरुद्व बोल्न निकै डराएको बताएका छन् । उनले भनेको विषयलाई भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘मोदी पाकिस्तानविरुद्व बोल्न ततपरता देखाएपनि उनी चीनविरुद्व बोल्न डराउँछन् । उनले चीनको अतिक्रमण विरुद्व एक शब्द बोल्न सकेका छैनन् ।’ उनले मोदीलाई कटाक्ष गर्दै भनेको छन्, ‘मोदी चीनविरुद्व यति सम्म डराएका छन की उनले चियापनि चिनी विना खाने गर्दछन् ।’

Skip This

Omoda E5 Pro