अमेरिकी सेनद्वारा ड्रोन आक्रमणमा अल-कायदाका नेता मारिएको दाबी


एजेन्सी, ६ कात्तिक। अमेरिकी सेनाले अल कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल मतारको हत्या गरेको छ। शुक्रबार सिरियास्थित ड्रोन हमलामार्फत सेनाले वरिष्ठ नेता अब्दुलको हत्या गरेको पेन्टागनले पुष्टि गरेको हो।।

एमक्यु–९ विमानमार्फत गरिएको हमलामा परि उनको दक्षिणी सिरियामा मृत्यु भएको जनाइएको छ ।अमेरिकी आर्मीका मेजर जोन रिग्स्बिले शुक्रबार भनेको विषयलाई सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘अल कायदाका यी वरिष्ठ नेताको मृत्युले आतंकवादी संगठनको बाँकी क्षमता कमजोर हुँदै जानेछ।साथै वैश्विक रुपमा अमेरिकी नागरिक, हाम्रा साँझेदार र निर्दोष मानिसहरुमाथि हुने आक्रमणको डर निर्मुल हुँदै जानेछ। ‘

अल कायदाले सिरियाबाटै विभिन्न बाह्य आक्रमणको योजना र गुट बनाउने गरेको समेत आर्मी मेजरले बताएका छन्। यसअघि गएको सेप्टेम्बरमा अमेरिकी सेनाले सिरियामा गरेको हवाई हमलामा परि अल कायदाका अर्का नेता सलिम अबु अहमदको मृत्यु भएको थियो।-Photo: Agency

Skip This

Omoda E5 Pro