Logo

पूर्वराजा ज्ञानेन्द्रसँग किन खनिए रामचन्द्र ?



काठमाडौं, ६ कार्तिक । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व राजा ज्ञानेन्द्र शाहले धम्क्याउन थालेको भन्दै नेताहरु चुप लागेर बस्न नहुने बताएका छन् । आज कैलालीलको धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्वराजा शाहमाथि आक्रोश पोखेका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको धारणा राखेका छन् । सम्बोधन क्रममा उनले भने,’आज राजाले धम्क्याउन थालीसके, उपदेश दिन थाल्यो ज्ञानेन्द्रले, ज्ञानेन्द्रले उपदेश दिने हो आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा ? यो सुनेर बस्ने हो आजका नेपालका नेताहरुले ?” file photo



प्रतिक्रिया दिनुहोस्