सुरक्षाकर्मीले चलाएको गोली लागेर काश्मिरमा एक सर्वधारणको मृत्यु


एजेन्सी, ८ कात्तिक । भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर काश्मिरमा एक सर्वधारणको मृत्यु भएको छ। भारत नियन्त्रित काश्मिरमा आइतबार एक दूध बेच्दै हिँडिरहेका व्यक्तिको ज्यान गएको डनमा प्रकाशित समाचारले जनाएको हो।

दक्षिण काश्मिरको जैनपोरास्थित प्रहरी क्याम्प नजिकै सुरक्षाकर्मीले क्रस फायर गर्दा ती व्यक्तिलाई गोली लागेको जनाइएको छ। योसँगै यसै महिना भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट काश्मिरमा १२ जना सर्वसाधारको ज्यान गएको समाचारमा उल्लेख छ।-Photo: Agency

Skip This

Omoda E5 Pro