Logo

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, एमसीसीदेखि प्रधानन्यायाधीश जबराबारे छलफल



काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न तीन नेताबीच आज भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमसीसी, सत्ता गठबन्धन र निर्वाचनबारे छलफल गरेको बुझिएको छ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएको विषयमा पनि समिक्षा भएको थियो । उक्त अवसरमा प्रचण्डले प्रधानन्यायाधीशले राजीनामा दिन नहुने धारणा राखेका थिए ।

स्रोतकाअनुसार सत्तापक्षीय गठबन्धनले प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने निश्कर्ष निकालेको छ। आजमात्रै नेपाल बार एशोसिएसनले पनि भोलि प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निश्कर्ष निकालेको छ । त्यस्तै, पूर्व चार प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले पनि प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । उनीहरुले आजै संयुक्त विज्ञप्ती पनि निकालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्