Logo

एमाले महाधिवेशन : सहमति नभएका पदमा भोलि निर्वाचन हुने, मतदाता नामावली टाँसियो



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कुरा असम्भव भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अहिले केहीबेरमा नामवाली सुनाउने कार्यक्रम छ । तर, त्योभन्दा अघि अहिले जारी अध्यक्ष मण्डलको बैठकमा भीम रावलले ओलीको प्रस्ताव अस्विकार गरेको कुरा आएको छ ।

ओलीले अध्यक्षमा आफू, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा विष्णु पौडेल, भीम रावल र सुवास नेम्वाङको नाम अघि सारेका छन् । ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखर पोखरेललाई अघि सारेका छन् भने उपमहासचिवमा घनश्याम भुषाललाई अघि सारेका छन् ।

रावल र भुसालले ओलीको प्रस्तावमा विमति जनाएका छन् । सहमति नभएका पदमा भोलि निर्वाचन हुने नेताहरुले जनाएका छन् । त्यसको लागि निर्वाचन आयोगले तयारीसमेत थालिसकेको छ ।

आजै राति निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी छ । अहिले मतदाता नामावली पनि टाँस गर्ने काम जारी रहेको छ । निर्वाचन भने भोलि विहान ९ बजे देखी भनिएको छ ।

 

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्