चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक एनपीएलको फाइनलमा


काठमाडौं । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

यससँगै सुदूरपश्चिम लगातार तीन संस्करणमा फाइनल पुग्ने एनपीएल इतिहासकै पहिलो टोली बनेको छ । यसअघि पनि लगातार दुई संस्करण फाइनलमा पुगेको सुदूरपश्चिम दुवैपटक उपविजेतामै सीमित भएको थियो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले सात विकेट गुमाएर पूरा गर्‍यो ।

तीन विकेटको जितसँगै सुदूरपश्चिमले उपाधिका लागि फाइनलमा स्थान सुरक्षित गरेको हो ।