Logo

ओली र रावलसहित अध्यक्ष मण्डलका सदस्य बन्दसत्र हलमा प्रवेश (फोटोफिचर)



सौराहा, १३ मंसिर : सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने निर्णय गर्दै नेकपा एमाले दशौ राष्ट्रिय महाधिवेशन बन्दसत्र अध्यक्ष मण्डलका सदस्य बन्दसत्रको हलमा प्रवेश गरेका छन् ।

बन्दसत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली, अध्यक्षका उम्मेदवार भीम रावलसहित ११ जनाको अध्यक्ष मण्डल बैठक होटल सेभेन स्टारमा बसेको थियो । बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न केन्द्रीय निर्वाचन आयोगलाई आग्रह गरेको थियो । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

नेताहरु भने बैठक सकेर बन्दसत्र स्थलतर्फ प्रवेश गरेका हुन् । सर्वसम्मतको रस्साकस्सीले साँज ८ बजे सुरु हुने भनिएको बन्दसत्र बल्ल सुरु हुँदैछ । बन्दसत्रमा अध्यक्ष ओलीले केन्द्रीय समितिका ३०१ सदस्यको नामावली निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्