कांग्रेस महाधिवेशन : को-को भारतीय नेता काठमाडौं आईपुगे ?


काठमाडौं, २३ मंसिर : नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्।  शुक्रबारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार नेता शुक्रबार काठमाडौं आइपुगेका हुन्।

कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेको जानकारी दिए । उनका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेता डा. हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन् ।

अन्य देशका प्रतिनिधिहरुलाई समेत निम्ता गरिएको भए पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि नआउने भएका छन् ।

Skip This

Omoda E5 Pro