आज भृकुटीमण्डपमा जनसभा गर्दै एकीकृत समाजवादी


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ। मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा सभा गर्न लागेको हो।

सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ। उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुलामञ्चमा आमसभा आयोजना गरेको थियो ।

Skip This

Omoda E5 Pro