माओवादी केन्द्रको चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर


काठमाडौं, चैत ३० । नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचारमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखिएको छ। बुधबार माओवादी केन्द्रका नेताहरुले फेसबुकमा कुलमानको तस्बिर राख्दै माओवादी केन्द्रलाई मत मागेका हुन् ।

तस्बिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,अर्थमन्त्री जनार्दन शर्मासँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको तस्बिर राखिएको छ। उनीहरुले कर्मचारीको तस्बिर पार्टीको चुनाव प्रचारमा दुरुपयोग गरेका हुन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजमा समेत ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको’ #VoteForCPNMaoist सहितको पोष्ट अपलोड गरिएको छ ।

त्यसैगरी पोस्टरमा अध्याँरोबाट उज्यालोको यात्रामा लेखिएको छ।

Skip This

Omoda E5 Pro