शिक्षक लाइसेन्सको आवेदन खुला


काठमाडौं, बैशाख १। सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो ।

शिक्षक लाइसेन्सका लागि अनलाइनमार्फत फम बुझाउनुपर्ने भएको छ । आयोगले अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न अनुरोध गरेको छ ।

उम्मेदवारले आयेगको अनलाइन प्रणाली लाइसेन्स डट टिएससी डट गोओभी डट एनपीमार्फत सम्पूर्ण विवरण भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दरखास्त नमुना, न्यूनतम योग्यताको लब्धांकपत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र स्क्यान गरी तोकिएको दस्तुर तिरेर ५ जेठभित्र दरखास्त भरी पेस गर्न भनिएको छ ।

Skip This

Omoda E5 Pro