काठमाडौं, बैशाख २ । सिकेआई एचडब्लुआईसी काठमाडौंले विद्यार्थीहरुको शिक्षा, स्वस्थ तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
स्थापना काल देखि नै बालबालिकाको हक हितको विषयमा काम गर्दै आइरहेको सर्कल के इन्टरनेसनल सिकेआई एचडब्लुआईसीले बाँकेको चप्परगौड़ी स्थित ज्ञान ज्योति माध्यमिक विद्यालयमा स्थापना गरेको पुस्तकालयको स्तर वृद्धि गरेको छ ।
संस्थाका अध्यक्ष अस्मिता सिग्देल, सचिब विकास ज्ञवाली, कोषाध्यक्ष बन्दना बुडथापा, विद्यालयका प्रधानाध्यापक बिनोद लम्साल तथा विद्यार्थीको उपस्थितिमा गरिएको हो । पुस्तक वितरणपछि पुस्तक लैजाने नौ जना विद्यार्थीले पुस्तक लागे बापत नौ वटा विरुवा पनि लगाएका छन् ।
प्रतिक्रिया