संपादक बगाले राष्ट्रिय पत्रकारिता सम्मान–२०७८ बाट सम्मानित


काठमाडौं, बैशाख ११। जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा संपादक रामजी बगाले सम्मानित भएका छन । काठमाडौमा शनिबार फोकस नेपालले नव बर्ष तथा लोकतन्त्र दिवस २०७९ को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निमाणमा सामाजिक संघ सँस्थाहरूको भुमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेष सांस्कृतिक समारोहमा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहका बीच बगालेलाई सम्मान गरेका हुन् ।

सम्मानित भए पछि बगालेले खुसि ब्यक्त गर्दै आफुलाई योग्य सम्झेर सम्मान गरेकोमा उपरास्ट्रपति पुन,युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज, फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै अझै पत्रकारीतामा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताएका छन् ।

सम्मानित बगाले बिगत १७ बर्षदेखि जनसवाल राष्ट्रिय दैनिकको संपादक भएर पत्रकारिता मार्फत स्वदेश तथा बिदेशमा रहेका नेपालीको पक्षमा कलम चलाउदै संचारको साथी बन्दै आईरहेका छन् ।

बगालेले बिदेशमा रहि समस्यामा परेका नेपालिको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्रनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्रन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगाएतका धेरै कार्यहरुमा उनको ठुलो योगदान रहदैं आएका छन् ।

Skip This

Omoda E5 Pro