Logo

बाढीपहिरोबाट १५ ले गुमाए ज्यान



काठमाडौं, असार १७। विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् ।

एक्कासी ठूलो वर्षा हुने र फेरि घाम लागेर जमिन तात्दा पहिरो जोखिम अत्यधिक हुने गरेको भूगर्भविद्ले बताएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार मनसुन सुरु भएपछिका मनसुनजन्य विपद्का कारण १५ जनाको मृत्यु र १ सय १४ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा १ सय ५ घटना भएको गृहले जनाएको छ ।

मन्त्रालयका अनुसार भारी वर्षाका कारण १ पुरुष र दुई महिलाले ज्यान गुमाएका छन् । ३३ घरपरिवारमा क्षति पु(याएको छ । मुलुकभर ३४ विपद्को घटना भएका छन् ।

पहिरोका कारण ५ पुरुष र ४ महिला गरी ९ जनाले ज्यान गुमाएका छन् । ६८ परिवार प्रभावित भएको छ । पहिरोको घटना ५७ वटा भएका छन् ।

मनसुन सुरु भएपछि बाढीका कारण दुई पुरुष र एक महिला गरी तीन जनाले ज्यान गुमाएका छन् । बाढीका कारण १३ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा १४ वटा बाढीका घटना भएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्