Logo

इस्लामिक अतिवादीबाट ३३ लाख डलर टाउकाको मूल्य तोकिएका लेखक सलमान रुस्दीमाथि आक्रमण (भिडियोसहित)



एजेन्सी, २७ साउन । चर्चित लेखक सलमान रुस्दीमाथि आक्रमण भएको छ । उनीमाथि न्यूयोर्कस्थित एक कार्यक्रममा सांघातिक आक्रमण भएको हो ।

आक्रमणकारी दौडिएर स्टेजमा पुगेको र रुस्दीमाथि प्रहार गरेका थिए । त्यतिबेला उनी स्टेजमा प्रवचन दिइरहेका थिए । आक्रमणपछि रुस्दीको अवस्थाबारे खुलेको छैन ।

रुस्दीमाथि इस्लामिक अतिवादी समूहले ३३ लाख डलर टाउकाको मूल्य तोकेका छन् । उनको टाउकाको मूल्य बेला बेलामा वृद्धि घोषणा गरेको खबर आउने गरेको छ ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=NuwA4dbpLVA

सन् १९८८ मा लिखित द साटानिक भर्सेस पुस्तक प्रकाशित भएपछि इरानी धार्मिक नेता अयातुल्ला खमेनीले फतवा जारी गरेका थिए । यसको अर्थ उनको हत्याको आव्हान हो।

भारतमा जन्मिएका रुस्दी फतवा जारी भएपछि अधिकांश समय भूमिगत नै रहने गर्छन् । उनी कमैमात्र सार्वजनिक कार्यक्रममा देखिन्छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्