काठमाडौं, १२ भदौ । सत्ता गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँडबारे छलफल चलिरहेको छ । सत्ता गठबन्धनले आज भोलिभित्रै सिट टुँगो लगाउनेगरि छलफल चलाएको छ ।
कांग्रेसले १०० सिटमा आफ्नो दाबी प्रस्तुत गरिरहेको छ । तर, सत्ता गठबन्धनमा आवद्ध अन्य दलले भने कांग्रेसलाई लचक हुन आग्रह गरिरहेका छन् । गठबन्धनमा अहिले पाँच दलमात्रै छैनन् । वामदेव गौतम र डा. बाबुराम भट्टराईको पनि प्रवेश भएको छ । बाबुराम र बामदेव दुवैले माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
वामदेवले यसपटक आफूले प्युठानबाट चुनाव लड्ने घोषणा गरेका छन् । यसअघि जनमोर्चाकी दुर्गा पौडेल प्युठानबाट निर्वाचित भएकी हुन् । यस्तै, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ-१ बाट चुनाव उठ्ने चर्चा छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केसीले बाग्लुङ र दुर्गा पौडेलले प्युठानबाट नै चुनाव लड्ने कुरामा सहमति जनाएका छन् । उनले वामदेव गौतमलाई फेरि पनि राष्टियसभामा नै लैजानेगरि तयारी गरेको बुझिएको छ ।
वामदेव भने प्रतिनिधिसभामा नै आउनेगरि तयारीमा जुटेका छन् । उनले प्रचण्डसँग एकपटक फाईन कुराकानी गर्ने र चुनावी अभियान सुरु गर्नेगरि आफूनिकटका नेताहरुसँग छलफल थालेको बुझिएको छ । file photo




प्रतिक्रिया