राष्ट्रिय स्वतन्त्र पार्टी बर्जुवा उदारवादी पार्टी हो– झलनाथ खनाल


काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बर्जुवा उदारवादी पार्टी भएको आरोप लगाएका छन्।

पार्टीको आज बसेको पोलिटब्युरो बैठकमा नेता खनालले ८ पृष्ठ लामो दस्तावेज पेश गर्दै रहस्यमय शक्तिकारुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी आमरुपमा बर्जुवा उदारवादकै पक्षमा रहेको बताएका हुन् ।

यस्तै, नयाँ उदाएको जनमत पार्टी र नेपाली कांग्रेसलाई पनि सोही बुर्जुवा उदारवादी पार्टी भएको आरोप लगाएका छन्। उनले लेखेका छन्, ‘२०७४ मा २३ सिट जितेकाले अहिले ५७ सिट जिते र समानुपातिकसमेत गर्दा पहिले ६२ सिट हुनेले अहिले ८९ सिट बनाएर देशको पहिलो पार्टी बन्न पुगे।’ यस्तै जनमत पार्टीप्रति पनि सोही आरोप लगाउँदै नेता खनालले लेखेका छन्, ‘तराईमा जनमत पार्टी उदाएको छ। त्यो पनि आमरुपमा त्यसै वर्गीकरणमा देखिन्छ।’

Skip This

Omoda E5 Pro