२६ गते बिहान ९ बजे बस्नेगरी सकियो कांग्रेस संसदीय दलको बैठक


काठमाडौं, २३ पुष । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सम्पन्न भएको छ। आज बसेको संसदीय दलको बैठकले गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन भूमिका खेल्ने मतदाता र निर्वतमान कांग्रेस सरकारलाई धन्यावाद दिने निर्णय गरेको पार्टी उपसभापति धनराज गुरुङ्ले बताए।

यस्तै कांग्रेसका नेता झुलबहादुर आले, मैया देवी श्रेष्ठ र गत निर्वाचन प्रहरीको गोली लागि मृत्यु भएका बाजुराका संजिव ऐडीको मृत्युप्रति शोक व्यक्त गर्दै बैठक सकिएको नेता गुरुङ्ले बताए। संसदीय दलको अर्को बैठक पुष २६ गते बिहान ९ बजे बस्नेछ।