बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु


काठमाडौं, २४ पुष । सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी छन् ।

आजको बैठकमा मन्त्रालय भागबण्डामा सहमति र प्रधानमन्त्री दाहाललाई विश्वासको मत धेरै भन्दा धेरै जुटाउनेबारे छलफल गरिने बताईएको छ ।

तस्विर : प्रदिपराज वन्त/रासस