जसपाको मधेश प्रदेशको नेता चयन गर्न चुनाव, राउत र यादवको उम्मेदवारी


काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेश संसदीय दलको नेताका लागि चुनाव गरेको छ ।

अहिले दलको नेताको लागि दुई नेताको उम्मेदवारी परेको छ ।प पूर्व मुख्यमन्त्री लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।

मधेश प्रदेशमा जसपाका १६ प्रदेशसभा सदस्य छन् । आज निर्वाचित हुने दलको नेता नै अबको मुख्यमन्त्री हुने निश्चित् छ ।