Logo

आई.एम.ई. लाइफ इन्स्योरेन्सका सिओटी सहित ३४ एमडिआरटी सम्मानित



काठमाडौं, ६ माघ । आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुमध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटी सम्मानित भएका छन् । कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा यसपकट एमडिआरटिको रूपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण समेत स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।

कम्पनीको समयसापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटि उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले बताए ।
एमडिआरटी अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७मा रजिष्टर भएको एमडिआरटि एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन् ।

उक्त संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने ब्यबस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्