पुराना मात्र होइन, नयाँ पनि फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ– गृहमन्त्री लामिछाने


काठमाडौं, ७ माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई हिजोका दिनमा बोलेका शब्द–शब्दको हेक्का रहेको बताएका छन् । हत्या अभियोग लागेका नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरीका विषयलाई लिएर सामाजिक सञ्जालमा गृहमन्त्रीको आलोचना हुन थालेपछि उनले यस्तो बताएका हुन् ।

विभिन्न अपराधमा दोषी करार भएका अभियुक्तलाई पक्राउ गर्न र कारबाही गर्न आफू तयार रहेको उनले बताएका छन् । महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद महतो प्रहरीको फरार सूचीमा छन्।

‘पुराना फरारहरु समातिन्छ्न् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ !’ उनले लेखेका छन् ।

 

 

Skip This

Omoda E5 Pro