वीरेन्द्रनगरमा एक युवक मृत फेला


काठमाडौं, ७ माघ । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि करिव पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताए । स्थानीयले खबर गरेपछि छेउमै मोटरसाइकल पार्किङ गरी मृतावस्थामा भेटिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Skip This

Omoda E5 Pro