Logo

तेस्रो नेविसंघ ईन्टरटेक्निकल टुर्नामेन्ट सम्पन्न, शशांकद्धारा पुरस्कार वितरण



काठमाडौं, १० माघ । नेविसंघको पुल्चोक ईन्जिनियरिङ क्याम्पस ईकाइले आयेजना गरेको तेस्रो नेविसंघ ईन्टरटेक्निकल टुर्नामेन्ट समापन भएको छ । काठमाडौं युनिर्भसिटी र थापाथलि क्याम्पसबीच भएको खेलमा थापाथली क्याम्पस विजयी भएको छ ।

उक्त प्रतियोगिताको आज फाईनल खेलको प्रमुख अतिथि भने नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. शशांक कोइराला थिए । कोइराला र नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विजेताहरुलाई पुरस्कार वितरण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्