क्यान इन्फोटेक मेला सुरु (तस्बिरहरु)


काठमाडौं, २४ माघ । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक-२०२३’ प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्‌घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन्।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ। प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन्।

तस्बिर : मुकुन्द कालिकोटै

Skip This

Omoda E5 Pro