सरकारसँग विभिन्न नौ बुँदे माग राख्दै छ किसान संगठनले गरे विरोध प्रर्दशन (फोटोफिचर)


काठमाडौं ८, चैत । कम्युनिष्ट पार्टी निकट छ किसान संगठनले विभिन्न मागसहित विरोध प्रदर्शन गरेका छन् । आज (बुधबार) काठमाडौंको माइतीघर मण्डलामा लघुवित्तको आतङ्क बन्द हुनुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, रासायनिक मलखादको व्यवस्था गर्नुपर्ने , बैंकको ब्याजदर घटाउनुपर्नेलगायतका मागहरु राखी किसान संगठनले विरोध प्रदर्शन गरेका हुन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान यूनियन, अखिल नेपाल किसान महासंघ (अप्फा),अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले संयुक्त पेस विज्ञप्ति सार्वजनिक गर्दै तत्काल आफ्ना मागहरुप्रति सरकार गम्भीर नभए छिट्टै अरु सशक्त कदम चाल्ने चेतावनी दिएका छन् । उनीहरुले किसानहरूको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी नेपाल सरकारको आगामी बजेट तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नसमेत सरकार समक्ष माग गरेका छन् ।

 

 

 

Skip This

Omoda E5 Pro