काठमाडौं, १३ चैत्र । मिटरब्याज पीडित र काठमाडौं महानगरका नगर प्रहरीबीच धकेलाधकेल भएको छ । मिटरब्याजीविरूद्ध मार्च गरेर बर्दिबासबाट काठमाडौं पैदा आएका थिए । उनीहरु आजबाट खुलामञ्चमै बसेर राज्यलाई दबाब दिन चाहन्थे छ । तर, काठमाडौं महानगरपालिकाले खुलामञ्च छिर्न रोक लगाएको छ। सोमबार साँझ खुलामञ्च छिर्न खोज्दा पीडितहरूलाई महानगर प्रहरीसँग धकेलाधकेल गरेको हो।
सार्वजनिक स्थानमा बस्न दिन हुँदैन भनेर खुलामञ्चको गेट बन्द गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् । महानगरले खुलामञ्च भनेको सार्वजनिक स्थल भएको उल्लेख गर्दै त्यहाँ कसैलाई पनि बस्न दिन नहुने धारणा राखेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया