Logo

आईपिएल क्रिकेट : फाईनमा प्रबेशका लागि आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दै



काठमाडौं, जेठ १२ । इन्डियन प्रिमियर लिग (आईपिएल)को दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दैछन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुने खेलको विजेता टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ।

यो गुजरात टाइटन्सको घरेलु मैदान हो। साबिक विजेता गुजरात पहिलो प्ले अफमा चेन्नई सुपुरकिंगसँग पराजित भएको थियो।

मुम्बईले पहिलो क्वालिफायरमा लखनउ सुपरजायनटलाई ८१ रनले पराजित गरेको थियो। गुजरात समूह चरणको शीर्ष टोली हो भने मुम्बई क्वालिफायर खेल्ने अन्तिम टोली हो।

 



प्रतिक्रिया दिनुहोस्