Logo

‘हुक्का : एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा



काठमाडौं, जेठ १२ । आजदेखि नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आएका छन् । शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारको अभिनय रहेको छ।

यस्तै, देव थापाको निर्देशनमा तयार भएको ‘टुल्की’ मा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

‘हुक्काः एन एब्सर्ड ड्रिम’ ले हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई पर्दामा उतारेको छ भने ‘टुल्की’ मा नेपालको हिमाली क्षेत्रमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ ।



प्रतिक्रिया दिनुहोस्